खोप बनेको खबरले अमेरिकी शेयर बजारमा उछाल


 


एजेन्सी, कार्तिक २५
सोमबार अमेरिकी शेयर बजारमा फाइजर र बायोनोटेकको कोरोनाभाइरस खोपको खबरका कारण बजारमा तीब्र वृद्धि आएको छ।

फार्मा कम्पनी फाइजरले खोपको प्रारम्भिक तथ्यांकमा कोरोनाभायरस खोप ९० प्रतिशत प्रभावकारी देखिएको बताएपछि विश्वभरीको बजारमा वृद्धि देखिएको हो ।

अमेरिकी शेयर बजारमा सोमबार शुरुवाती समयमा ९.४३ प्रतिशले वृद्धि देखिएको थियो । बजार बन्द हुँदासम्म ५ प्रतिशतको वृद्धि २९,६३३ मा गएर बन्द भयो । गत फेब्रुअरी १२ मा अमेरिकी शेयर बजार डाउ जोन्स २९,५५१.४२को नयाँ रेकर्ड राखेको थियो । अमेरिकी शेयर बजार खुलेको आधा घण्टा पछि एसएन्डपी इन्डेक्स ५०० अंक ३ प्रतिशतले वृद्धि भएर ३,६१५.७१ अंकमा पुगेको छ

अमेरिकी एयरलाइन्स समूह इंक र कार्निवल कर्पोरेसनको शेयरहरू २२ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ । स्टे एट होम होम कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंक र पायलटन इन्टरएक्टिव इन्कको शेयरहरू कम्तिमा १८ प्रतिशतले गिरावाट आएको छ । फाइजर शेयरमा ७ प्रतिशतको वृद्धि भएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्