प्रधानमन्त्री ओली र नेपालसहितका चार नेताबीच तीन घण्टा छलफल, के भयो सहमति ?


 



काठमाडौं, कात्तिक २३
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुबीच तीन घण्टा लामो समय छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म छलफल भएको भएको हो । नेताहरुले भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे कुराकानी भएको नेताहरुले बताएका छन् ।

नेता नेपालसँगै बालुवाटार गएका स्थायी समिति सदस्य भीमबहादुुर रावलले पार्टीभित्र उत्पन्न समस्या विचार आदान–प्रदान मात्रै भएको बताए । उनले कुनै खास ठोष विषयमा केही कुरा नभएको बताए ।

नेता रावलका अनुसार समस्या समाधान गरौँ भन्नेमा सबैले राय राखेका थिए । शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र ओलीलाई बुझाएका थिए । त्यसक्रमा ओली र प्रचण्सहितका नेताहरुबीच सवालजवाफ भएको थियो । भेटवार्तामा नेता नेपालसंगै रावलसहित सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

प्रकाशित मिति: २३ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्