प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाई


 


काठमाडौं, कार्तिक २३
प्रधानमन्त्री केपी शर्मा ओलीले जोय बाइडेन र कमला ह्यारिस बधाई दिएका छन्।

राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित ह्यारिसलाई प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।

आज बिहानै ट्विट गर्दै ओलीले ऐतिहासिक जितका लागि बधाई दिएका हुन्।

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन्।

प्रकाशित मिति: २३ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्