आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो


 


काठमाडौं, कार्तिक २२
देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना छन् भने ४४ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै सुदूरपश्चिममा ८ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ जना आईसीयू र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, ललितपुरमा १ सय ८७ र भक्तपुरमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्