अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ


 


एजेन्सी, कार्तिक २२
हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतदान केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिएको छ । स्थानीय समयानुसार बिहीबार राति ती व्यक्तिलाई पक्राउ गरिएको सो पत्रिकाले जानकारी दिएको छ । ती व्यक्तिले हातियारसहित सो केन्द्रमा हमला गर्न खोजेपछि पक्राउ गरिएको र उनको साथबाट हातहतियारसहित नै उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । उनी को हुन् भन्ने बारेमा भने केही पनि बताइएको छैन

प्रकाशित मिति: २२ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्