इटालीमा फेरि लकडाउन, संक्रमण फेरि बढ्यो


 



एजेन्सी
इटालीमा फेरि लकडाउन गरिएको छ । दोस्रो लहरको संक्रमण बढेसंगै इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले आजदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।

कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।

यसअघि  इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो । लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।

स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ ।

संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी  राख्ने ठाँउको पनि अभाव हुन थालेको बताइएको छ ।

इटालीका सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बिरामी राख्ने ठाँउ अभावले एम्बुलेन्समै घण्टौँसम्म बिरामी राख्नु पर्ने बाध्यता हुन थालेको छ ।

अहिलेसम्म इटालीमा कोरोनाका कारण ४० हजार १९२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या ८ लाख २४ हजार ८७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ३४ हजार संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्