अमेरिकीमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले जिते चुनाव


 


एजेन्सी, कार्तिक २०
अमेरिकीमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले चुनाव जितेका छन्।

अमेरिकामा जारी निर्वाचनको मतगणनाका क्रममा कोरोनाभाइरसका कारण मृत्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाब जितेका हुन् ।

जसको अघिल्लो महिना कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । एनबीसी न्यूजका अनुसार अक्टोबर महिनामा कोरोनाभाइरसका कारण डाकोटाको मृत्यु भएकाे थियाे।

अन्डल राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार थिए । उनले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजित गरेका थिए । मंगलबार उनी दोस्रो पटक निर्वाचित भएका थिए । ८ औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका उनी चुनावपछि नतिजा घोषणा हुने समयमा भने जीवित रहेनन् ।

प्रकाशित मिति: २० कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्