अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइयो


 


एजेन्सी, कार्तिक २०
रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । अर्नकबाहेक अन्य दुईलाई सन् २०१८ मा आत्महत्या दुरुत्साहन मामिलामा अबेर राती मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको हो ।

अर्नब गोस्वामीका वकिल अबाद पोंडाले जमानतको निवेदन दिइएको जसमाथि बिहिबार सुनुवाई हुनसक्ने जानकारी दिएका छन् । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।

बुधबार बिहान अर्नब गोस्वामीको मुम्बईस्थित उनको निवासबाट गिरफ्तार गरिएको थियो ।

इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।

सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति: २० कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्