नेपाल टुक््रयाउने सपना नदेख्न भारतलाई एमालेको चेतावनी


 


काठमाडौं, असोज २४

मधेस र पहाडबीच विवाद उत्पन्न गराएर नेपाल टुक्र्याउने सपना नदेख्न एमाले सचिव योगेश भट्टराइले भारतलाई चेतावनी दिएका छन् ।

प्रवासी नेपाली मंच युएईले आयोजना गरेको भेटघाट तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

श्रीलंका लगायत विभिन्न मुलुकमा असफल भएको षड्यन्त्र नेपालमा मधेसी र पहाडबीचमा विष घोलेर जबर्जस्ती मुलुक विभाजित गराउन खोजेको भन्दै नेकपा एमालेले त्यो कदापि नहुन दिने दावी गरे ।

एमालेको प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराइले हिजोको व्रिटिसकालमा पनि व्रिटिस इन्डियाले थिचोमिचो गरेको र आज पनि त्यै इन्डियाले नेपालमाथि प्रत्यक्ष थिचोमिचो गरिरहेको बताए ।उत्तरी मित्रराष्ट्र चीनले अहिले सम्म त्यस्तो केहि नगरी मेलमिलापको माध्यमबाट अघि बढिरहेको बताउँदै भट्टराइले मेलमिलापकै माध्यमबाट हिड्न भारतलाई पनि आग्रह गरे ।

प्रकाशित मिति: २४ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्