आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालको दोस्रो हार


 


काठमाडौं, असोज २४

आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा पनि नेपालले हार व्यहोर्न परेको छ ।

नेपाललाई थाइल्याण्डले तीन विकेटले हराएको छ । सोमबार बिहान भएको खेलमा ७७ रनको लक्ष्य पाएको थाइल्याण्डले १८ दशमलव ४ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

थाइल्याण्डका लागि चानिदा स्टथिरुएङले नटआउट २३ तथा नाट्टाकान चान्तामले १३ रन बनाइन् ।
नेपालकी निर्मला कुमारी शाहीले ३ तथा सरिता मगरले २ विकेट लिइन् ।

यसअघि मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनाएको थियो ।
नेपालका लागि निर्मला कुमारीले सर्वाधिक ३६ रन बनाउनुबाहेक अरुले खासै प्रदर्शन गर्न सकेन् ।

पहिलो खेलमा नेपाल आइतबार आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: २४ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्