८ सय बढी राँगा तथा बोकाको बलि दिएर मनाइयो महाअष्टमी, त्यसरी नै आज महानवमी पनि मनाइँदै


 


काठमाडौं असोज २४

बैतडीको देहीमाडौँमा रहेको निंगलाशैनी भगवती मन्दिर र मेलौली स्थित मेलौली भगवती मन्दिरमा आइतबार दशैँको महाअष्टमीका दिन ८ सय भन्दा बढी राँगा तथा बोकाको बलि दिइएको छ ।

तीन सय ८२ राँगा र ४ सय ३२ बोका गरी ८ सय १४ राँगाबोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै, आज महानवमीका दिन पाटनमा रहेको उदयदेव मन्दिर, तल्लादेहीमा रहेको डिलाशैनी मन्दिर, र तल्लो स्वराडको उदयदेव गाविसमा रहेको उदयदेव मन्दिरमा पनि राँगा बोकाको बलि दिइरहेका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्