नोबेल शान्ति पुरस्कार वापत पाएको रकम द्वन्द्व प्रभावितलाई दिने सान्तोसको घोषणा


 


nobel

काठमाडौं, असोज २४

यसवर्षको नोबेल शान्ति पुरस्कार पाउन लागेका कोलिम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले पुरस्कार बापत पाएको रकम द्वन्द्व प्रभावितका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति सान्तोसले पुरस्कार स्वरुप आफूले पाउने ९ लाख २५ हजार अमेरिकी डलर द्वन्द्व प्रभावितको सहयोगका लागि खर्च गर्ने बताएका छन् ।

५२ वर्षदेखिको फार्क बिद्रोह अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेकाले राष्ट्रपति सान्तोसले नोबेल शान्ति पुरस्कार पाउन लागेका हुन् ।

फार्क बिद्रोहीसँगको चार वर्ष लामो छलफलपछि केही हप्ता अघि भएको शान्ति सम्झौतासँगै फार्क बिद्रोह अन्त्य भएको छ ।

उक्त बिद्रोहको क्रममा दुई लाख ६० हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: २४ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्