काेराेनाकाे कहर: ट्रम्पको चुनावी र्‍यालीमा ७ सयको मृत्यु, ३० हजार संक्रमित


 


एजेन्सी. कार्तिक १६
नाेबेल कोरोना भाइरसको महामारीका बीच अमेरिकामा यतिबेला चुनावी र्‍यालीमा सहभागी जनताहरु धमाधम कोरोना संक्रमित भइरहेका छन्। गत जुन महिनादेखि सेप्टेम्बरसम्म डाेनाल्ड ट्रम्पको समर्थनमा भएका चुनावी र्‍यालीहरुमा ३० हजारभन्दा धेरै कोरोना संक्रमित भएको तथ्यांक छ । साथै ७ सयभन्दा धेरेको मृत्यु भइसकेको बताइन्छ ।

स्ट्यानफर्ड विश्वविद्यालयले जारी गरेको नयाँ रिपोर्ट अनुसार जुन २० देखि सेप्टेम्बर ३० सम्म अमेरिकामा भएका १८ वटा चुनावी र्‍यालीहरुमा यस्तो भएको थियो ।

रिपोर्ट अनुसार ती र्‍यालीमा कोभिड १९ विरुद्ध अपनाउनुपर्ने मापदण्ड समेत नअपनाइएको पाइएको छ । जसमध्ये १५ वटा र्‍याली त खुला रुपमा आयोजना गरिएको रिपोर्टमा उल्लेख छ । र केही र्‍यालीमा त राष्ट्रपति ट्रम्प स्वयंले मास्क लगाएका थिएनन् ।

ट्रम्पले सुरुदेखि नै कोरोनाभाइरसको महामारी चीनले आफ्नो वुहानस्थित ल्याबबाट विश्वभर फैलाएको आरोप लगाउँदैआएका छन् । साथै महामारीबाट बच्‍न बन्द गरिएका स्कुल समेत खोल्नुपर्ने ट्रम्पको धारणा थियो ।

अमेरिकामा यतिबेला राष्ट्रपतीय चुनाव भइरहेको छ । उक्त चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट फेरि उम्मेदवार बनेका छन् । ट्रम्प सुरुदेखि नै कोरोनाभाइरस महामारीको वास्ता नगरी स्कुल, कलेज र सार्वजनिक स्थान खुला राख्नुपर्छ भन्ने मान्यता राख्दैआएका नेता हुन् ।

प्रकाशित मिति: १६ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्