कर्णाली प्रदेशका मन्त्रीहरूलाई राजीनामा नदिन ओलीको निर्देशन


 



काठमाडौं, कार्तिक १६
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ ।

मुख्यमन्त्री शाहीले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएको भन्दै ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफूले राजीनामा नदिने बताए । कसरी अगाडि बढाउने भन्ने मुख्यमन्त्रीकै हातमा रहेको उनले बताए । उनले केन्द्रबाट कसैले पनि राजीनामा दिन नभनेको पनि बताए ।

प्रकाशित मिति: १६ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्