नेता विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग कांग्रेसको माग


 



काठमाडौं, कार्तिक १६
नेपाली कांग्रेसले  कोरोना संक्रमित भई उपचाररत नेता मीन विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग माग गरेको छ । 

कात्तिक ९ गतेदेखि कोरोनाको उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य विश्वकर्मा ग्राण्डी अस्पतालको आइसीयुमा छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत  उनको स्वास्थ्यावस्थाबारे जानकारी गराउँदै  स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेको कांग्रेस संसदीय दलले जनाएको छ । सांसद विश्वकर्मामा निमोनिया देखिएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्