मिराकाे सम्मानमा दाैड प्रतियाेगिता सम्पन्न


 


भाेजपुर, असाेज २२

अल्ट्रा धाविका मिरा राईको गाउँ सानोदुम्मामा दुम्मा मिनी ट्रेल रेस सम्पन्न भएको छ । विश्व चर्चित अल्ट्रा धावीका मिरा राईको सम्मान स्वरुप गत बर्षबाट सञ्चालन हुँदै आएका ट्रेल रेस प्रतियोगिताको दोश्रो संस्कारण शनिबार सम्पन्न भएको हो । अल्ट्रा धावीका मिरा राईले उद्घाटन गरेकाे प्रतियोगिता सानोदुम्मा मावि खेलमैदान बाट सुरु भएको थियाे ।

दौड वडा नं १ सुप्ला दीर्घे गडी, वास्तिम गाविसको मानेडाँडा हुँदै सानो दुम्मा मावि मा टुंगिएको थियो । करिव १० किलो मिटरको दौडमा प्रथम जरायोटार गाविसका भुमिराज राई, सानोदुम्मा ६ का सुमन तामाङ दोश्रो र सानोदुम्मा ७ का बेदराज राई तेश्राे भएका थिए । विजेतालाई क्रमश ५ हजार र ३ हजार २ हजार नगद तथा मेडल र प्रमाणपत्र समेत वितरण गरीएको थियो ।

विजेता वाहेक अन्य १० जनालाई समेत पुरस्कृत गरीएको थियो । त्यस्तै महिला तर्फ आश्मा राई प्रथम, ठुलोदुम्मा का कमला राई दोश्रो र खावा  ६ का हेन्खामा राई तेश्रो भएका थिए । ४ किलो मिटर दुरीमा दौडाईएको प्रतियोगिताका विजेतालाई क्रमश ३ हजार २ हजार र १५ सय प्रदान गरीएको थियो ।

त्यस्तै ४ किलोमिटरकै विद्यार्थीहरुतर्फ प्रथम बालकल्याण निमाविका शशिकला राई प्रथम, गोमाखत्री दोश्रो र सुजता राई तेश्रो भएका थिए । पुरुष तर्फ सांगीन राई, विकी राई दाेश्रो र सुभाष राई क्रमश प्रथम, दाेस्राे र तेस्राे भएका थिए । प्रतियोगितालाई आगामी बर्षहरुमा समेत निरन्तरता दिइने प्रतियोगिताका संयोजक अर्जुन राईले जानकारी दिए ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्