पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २४
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनले आइतबार रिपोर्ट नेगेटिभ आएको र शुक्रबार ज्वरो आएपछि पुनः चेक गराउँदा पोजिटिभ आएको बताएका छन् ।
रिपोर्ट पोजिटिभ आएपछि हालसम्म हल्का ज्वरोबाहेक अरु समस्या नदेखिएको उनले बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।
प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार