कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयूमा
काठमाडौं, असोज २४
कोरोना संक्रमित सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भर्ना गरिएको छ ।
चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ ।
श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।
पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो। १० वर्षअघि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।
प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार