प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल संक्रमणमुक्त


 



काठमाडौं, असोज २३
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

उनीसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उनीहरु अहिले आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्