सडक दुर्घटनामा १६ जना यात्रु घाइते


 


काठमाडौं,  असोज २१

पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक गाविस– ३ चुङ्खोलामा आज बिहान भएको सडक दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भैरहवा जाँदै गरेको लु १ ज २८१५ नंको माइक्रो बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ८०३४ नंको ट्रक एकआपसमा जुध्दा माइक्रो बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये आठ जनालाई उपचारका लागि भरतपुरतर्फ लगिएको र आठ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । घटना बिहान १०ः४५ बजे भएका हो । ट्रकका चालक फरार रहेका छन् । माइक्रो बसका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्