अाेबामादेखी माेदीसम्म कस्काे तलब कति ?


 


एजेन्सी, असाेज २१

सिंगापुरका प्रधानमन्त्री ली सेन लूङ्गको तलब विश्वभरका राष्ट्र प्रमुखमध्ये सबैभन्दा बढी छ। प्रधानमन्त्री लुङ्ग वार्षिक १७ लाख अमेरिकी डलर तलब खान्छन्। सिंगापुरका जनताको औसत आय भन्दा प्रधानमन्त्रीको तलव ३० गुणा बढी हो ।

तलबबारे निकै दुखेसो आएपछि प्रधानमन्त्रीले आफ्नो तलबमा २८ प्रतिशत कटौती गरेका थिए। नभए यो भन्दा अघि उनको तलब करिब २.२ मिलियन डलर थियो। कटौती पछि पनि उनी सबैभन्दा बढी तलव लिने राष्ट्राध्यक्ष हुन।

सबै रकम नेपाली रूपैयाँमा

obama

अमेरिकी राष्ट्रपति बाराक ओबामा
वार्षिक तलब: करिब ४.२४ करोड

आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्स
वार्षिक तलव: करिब ३.५२ करोड

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो
वार्षिक तलव: करिब ३.०४ करोड

न्युजिल्याण्डका प्रधानमन्त्री जोन की
वार्षिक तलव: करिब ३.०४ करोड

इटालीका राष्ट्रपति जर्जियो नेपोलितानो
वार्षिक तलव:करिब २.८८ करोड

Anjela markel

जर्मन चान्सलर एन्जेला मार्केल
वार्षिक तलव: करिब २.४८ करोड

फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होलान्दे
वार्षिक तलव: करिब २.१४ करोड

इङ्गल्याण्डकी प्रधानमन्त्री थेरेसा मे
वार्षिक तलव: करिब १.९२ करोड

pm-modi-main

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
वार्षिक तलव: करिब ३०.२ लाख

xi-jinping

चीनका राष्ट्रपति सी जिनपिंग
वार्षिक तलव: करिब २२ लाख

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्