आबुँखैरेनी सडक फेरि अवरुद्ध


 


काठमाडौं, असोज २०

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन आँबुखैरेनी सडक खण्डमा बिहीबार बेलुका फेरि पहिरो गएको छ ।

बुधबार बिहान पहिरो खसेको दश घण्टापछि एकतर्फी गाडी सुचारु भएको पृथ्वीराजमार्गमा बिहीबार दिउँसोदेखि दुईतर्फी नै गाडी सञ्चालनमा आएको थियो ।

बिहीबार बेलुका साढे ५ बजे तिर फेरि पहिरो खसेसँगै पृथ्वीराजमार्ग पुनः अबरुद्ध बनेको छ ।

दुई वटा डोजरको प्रयोग गरेर सडक सफाई को काम सुरु गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक रमेश प्रसाद श्रेष्ठले जानकारी दिए ।

लागातार पहिरो खसिरहँदा सडक सफाईको कार्यमा समेत समस्या आइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्