प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण
काठमाडौं, असोज १७
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दुबै जना सल्लाहकारले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
प्रकाशित मिति: १७ आश्विन २०७७, शनिबार