विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर, असोज १७
कोरोना संक्रमणका लागि प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । शनिबार उनको बिहान मृत्यु भएको हो ।
विराटनगर–३ घर की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते कोरोना देखिएपछि अस्पताल भर्ना गरिएकी उनको बिहान २ः१५ बजे मृत्यु भएको हो । वृद्धलाई श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो ।
मृतकमा दम र खोकीको पुरानो समस्या रहेको अस्पतालका प्रमुख डा.दिपक सिग्देलले जानकारी दिए । बिराटनगर ठेगाना लेखाएर भर्ना भएकी महिलाको घर भने झापाको दमक ७ रहेको आफन्तले जानकारी दिएका छन ।
प्रकाशित मिति: १७ आश्विन २०७७, शनिबार