राजधानीमा संकास्पद वस्तु भेटिएपछि


 


काठमाडौं असोज २०

बालाजुको बाइपासबाट करिब ५० मिटर अगाडी नेपालटार जानेबाटोमा बमजस्तै संकास्पद बस्तु फेला परेको छ ।
उक्त बस्तु बम हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानमा पुगेको छ ।

प्रहरीका अनुसार उक्त बस्तु ह्याण्ड ग्रिनेड भएकोले उक्त बाटो भएर आवतजावत गर्ने यातायात पनि अवरुद्ध भएको छ ।
दशैंको समयमा राजधानीमै रहेको नेपाली सेनाको व्यारेक नजिकै संकास्पद वस्तु फेला परेपछि स्थानियवासीमा त्रास छाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्