भारतमा १५ अक्टुबरदेखि सिनेमा हल पनि खुल्ने


 


एजेन्सी, असाेज १५
भारतमा १५ अक्टुबरदेखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् । सरकारले ती स्थानहरुमा केही सर्तसहित खोल्ने अनुमति दिएको हो ।

भारत सरकारले यीसहित विद्यालय र कलेज समेत खोल्न अनुमति दिएको छ । तर यससम्बन्धी निर्णय लिने अधिकार भने केन्द्र सरकारले राज्य सरकारलाई छोडिदिएको छ ।

सिनेमा हलको सवालमा भने ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्