ओली–दाहालबीच आज पनि छलफल


 



काठमाडौं, असोज १३
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल निरन्तर चलिरहेको छ ।

आज पनि छलफल सुरु भएको छ। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच छलफल भइरहेको जानकारी दिए। 

मन्त्रिपरिषद् पुनर्गठनकै लागि ओली र दाहालबीच गत बिहीबारदेखि नियमित छलफल भइरहेको छ । यसअघि सोमबार पनि ओली–दाहालबीच छलफल भएको थियो।  करिब ३ घण्टासम्म भएको छलफलमा ठोस सहमति हुन सकेन।

मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुटन् सकिरहेको छैन। 

४ असोजमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले प्रधानमन्त्री बाहेकका सबै मन्त्रि हटाएर नयाँलाई बनाउनुपर्ने धारणा राखेका थिए। 

तर, ओली कार्यसम्पादनका आधारमा कमजोरलाई हटाएर बाँकी नयाँ थप्ने पक्षमा छन् ।

प्रकाशित मिति: १३ आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्