कांग्रेस सप्तरीका पूर्व सभापतिको निधन


 


सप्तरी, असोज १२
नेपाली कांग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वसांसदसमेत रहेका अमातको मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मेका उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

पछि उनी तमलोपामा केन्द्रीय सदस्य बनेका थिए भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उनी सक्रिय रहेको थियो । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्