प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


 



काठमाडौं, असोज ११
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अचानक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक मध्याह्न १२ बजे बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।

बैठक बस्नेबारे पनि मन्त्रीहरुलाई शुक्रबार राति मात्रै जानकारी दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने आजको बैठक नियमितजस्तै भएको बताएका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्