अब बामदेवकाे नेतृत्वमा नयाँ सरकार !


 


bamdev-gautamकाठमाडाैं, असाेज २०

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित ले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी गरेका छन् । उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको र उक्त सरकारको लागि मन्त्री बन्ने नेताको सूचीसमेत तयार भइसकेको दाबी गरे ।

नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित विजया दशमी, नेपाल संवत् ११३७ नयाँ वर्ष, दीपावलीको शुभकामना कार्यक्रममा अध्यक्ष बिजुक्छेले सधैं सत्ता र पद चाहिरहने एमाले यो बाटोमा जानसक्ने सम्भावना रहेको बताए । अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेस सरकारको नेतृत्वमा आउन चाहिरहेको छैनु, उनले भने, भारतीय विस्तारवादले पनि कांग्रेसभन्दा अरु दलकै नेतालाई सरकारको नेतृत्व खोजिरहेको छ ।

उनले प्रधानमन्त्री दाहाललाई भारतीय विस्तारवादको कठपुतलीको संज्ञा दिए । प्रधानमन्त्री दाहाल भारतीय विस्तारवादका कठपुतली हुन् । गएको ६०,७० वर्षमा भारतीय विस्तारवादले गर्न नसकेको काम अहिले दाहालमार्फत गरेको छु, अध्यक्ष बिजुक्छेले भने ।

उनले प्रधानमन्त्री दाहालका सचिव तथा सल्लाहकारसमेत भारतीय दलाल भएको दाबी गरे । दाहालका सचिव तथा सल्लाहकारहरू भारतीय विस्तारवादका दलाल नभएका भए नेपाललाई भूटानको स्थितिमा पुर्‌याउन सकिने थिएनु, उनले भने, त्यसैले दाहालले भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्नु राम्रो संकेत होइन ।

उनले भारतीय विस्तारवादविरुद्ध कुनै पनि बेला संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको भन्दै त्यसको लागि तयार रहनु युवाहरुलाई निर्देशन दिए । अबको आन्दोलन प्रधानमन्त्री, त्यसको कार्यालय बालुवाटार र सिंहदरबार नभई सीधै भारतीय दूतावास केन्द्रित गर्नुको विकल्प भएको उनको भनाइ थियो । देशकाेन्युजका लागि याे खबर हामीले अन्नपूर्ण पाेष्ट दैनिकबाट लिएका हाैं ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्