दाँवाली मिलन क्लबकाे कार्यभार हस्तान्तरण
काठमाडाैं, असाेज १९
दाँवाली मिलन क्लब काठमाडाैकाे कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । क्लबकाे निवर्तमान कार्यसमितिले नयाँ कार्यसमिततिलार्इ कार्यभार हस्तान्तरण गरेकाे हाे ।
१२ वर्षसम्म सफलतापूर्वक नेतृत्व गर्ने संस्थापक अध्यक्ष वीरेन्द्र प्रकाश श्रेष्ठले नव निर्वाचित अध्यक्ष राेशन श्रेष्ठकाे टिमलार्इ कार्यभार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा निर्वतमान कार्यसमितिका सदस्यहरूलार्इ कदर पत्र प्रदान गरिएकाे थियाे । कदर पत्र पूर्व अर्थमन्त्री शंकर प्रसाद काेइरालाले प्रदान गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै पूर्व अर्थमन्त्री काेइरालाले ‘दावाँली मिलन क्लब’ – एउटा क्रियाशील नमुना परोपकारी संस्था रहेकाे भन्दै अागामी दिनमा अझ बढी सक्रिय हुने विश्वास व्यक्त गरे । कार्यभार हस्तान्तरण कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तिहरूकाे उपस्थित रहेकाे थियाे ।
१२ बर्ष अगाडी अापसी मित्रता, सद्भभाव, सहयाेग एंव मिलन भन्ने उदेश्य सहित २०६१ साल चैत्र २५ मा काठमाडाैंमा दर्ता भएकाे क्लबले सामाजिक गतिविधि गर्दे अाएकाे छ । क्लबले भाेजपुरकाे विकासमा विशेष चासाे दिदै अाएकाे छ भने देशका विभिन्न भुभागमा स्वास्थ्य शिविर, दैवि प्रकाेपमा सहयाेग जस्ता अभियान सञ्चालन गर्दे अाएकाे छ ।
समसामयिक विषयमा छलफल, गाेष्ठि क्लबले गर्दे अाएकाे छ । भाेजपुरकाे सिद्देश्वर र गुप्तेश्वर गाविसमा दावाँ भन्ने गाउँ छ । त्यही गाउँकाे नाममा क्लब स्थापना भएकाे हाे, यद्यपी क्लबले देशभरका ठाउँमा अाफ्नाे सामाजिक क्रियाकलाप अगाडी बढाउँदै अाएकाे छ ।
अागामी दिनमा पहिलेकै जस्ताे सबैको साथ, सहयाेग र समर्थन रहने नवनिर्वाचित अध्यक्ष राेशन श्रेष्ठले विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार