चिनियाँ राजदूत ताईको प्रचण्डसँगको विदाई भेट, के भने भेटमा


 


chinese-ambasdor-prachanda

काठमाडौं, १९ असोज । नेपालका लागि चीनियाँ राजदूत उ–चुन ताइले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेका छन् ।

भेट गर्नकै लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदूत ताइले आफ्नो कार्यकालमा नेपालबाट अत्यन्तै राम्रो र सकारात्मक सहयोग पाएको बताए ।
राजदूत ताइले भने, ‘मेरो कार्यकालमा नेपालबाट अत्यन्तै राम्रो, न्यानो र सकारात्मक सहयोग पाएँ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको सहयोग र सद्भाव निकै महत्वपूर्ण छ । यसले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बनाएको छ ।’

ताइले आफ्नो कार्यकालमा नेपाली जनताको न्यानो माया पाएको बताउँदै आफू चीन फर्केपछि नेपालको जलविद्युत, रेलमार्ग लगायतका भौतिक विकासका लागि चीन सरकारसँग कुरा गर्ने बताए ।

भेटमा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा राजदूत ताइले खेलेको सकारात्मक, कुटनीतिक र सौहार्द सम्बन्धका लागि धन्यवाद दिँदै ताइको कार्यकालमा नेपाल–चीन सम्बन्ध थप उचाईमा पुगेको बताए ।

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्