नेकपा सचिवालय बैठक सर्‍यो


 



नेकपा (नेपाल कम्युनिस्ट पार्टी) को आज बोलाइएको सचिवालय बैठक सरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको तयारी नपुगेको कारण बैठक असोज ४ गते आइतबारका लागि सरेको बताइएको छ । बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा पूर्व एमाले र माओवादीबीच सांगठनिक एकताका बाँकी कामका साथै मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठनका कामबारे छलफल हुने बताइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको थियो । 

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्