सेनाको अपमान गरेको भन्दै केजरीवालमाथि प्रहार


 


kejriwal_1475611318-650x498

काठमाडौं, असोज १९

काश्मिरको उरी घटनापछि भारतले गरेको पाकिस्तान लक्षित सर्जिकल स्ट्राइकबारे प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रमाण माग्दा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल निशानामा परेका छन् ।

उनलाई एबिवीपीका कार्यकर्ताहरुले मंगलबार राति कालो मसी प्रहार गर्दै आक्रमण गरेका हुन् । एक कार्यक्रममा भाग लिन राजस्थानको बिकानेर पुगेका केजरीवाललाई कारमा छिर्नअघि मानिसहरुलाई अभिनन्दन गर्दैगर्दा कालो मसी प्रहार भएको थियो । मसी उनको सर्ट र अनुहारमा परेको थियो ।

मसी प्रहार गर्ने विद्यार्थी युनियनका पूर्व नेता तथा एबिवीपी कार्यकर्ता दिनेश ओझ र विक्रम सिंह रहेको बताइएको छ । घटना लगत्तै प्रहरीले त्यहाँ उपस्थित भीडमाथि लाठीचार्ज गरेको थियो । त्यसपछि भएको भागदौडमा कयौं घाइते भएको बताइएको छ ।

घटना शान्त भएपछि मसी फ्याँक्ने विद्यार्थीले ‘उरी हमलामा पाकिस्तानी आतंकवादीले १८ भारतीय सैनिकको हत्या गरेपछि सेनाले पाकिस्तानमा उनीहरुमा घरमा घुसेर जवाफ दियो । तर, केजरीवाल भने पाकिस्तानसँग सुर मिलाएर प्रधानमन्त्रीसँग जवाफ माग्दैछन् । यो निन्दनीय छ । सेनाको विरोधमा बोल्नेहरुलाई यस्तै पाठ सिकाइनेछ’ भनेका थिए ।

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्