ब्याडमिन्टन प्रतियोगिता हुँदै


 


संखुवासभा, असाेज १८

सदरमुकाम खाँदबारीमा जारी नरबहादुर बिष्णुमाया स्मृति प्रतिष्ठान जिल्ला स्तरीय डबल पुरुष ब्याडमिन्टन प्रतियोगिताको फाइनल भोली हुने भएको छ । भोलि हुने फाइनलको लागि मुनुहाग गुरुग, उल्लास बिसुकेको जोडि र मोहन कटुवाल अमर बिष्टको जोडि खेल्ने छन ।

गुरुग र बिसुकेले आज भएको सेमिफाइनलमा निराकार बज्राचार्य र रुद्रमणि श्रेष्ठ लाई हराउदै फाइलन यात्रा तय गरेका हुन भने कटुवाल र बिष्टको जोडिले छत्रमणि कटुवाल र प्रनिश श्रेष्ठको जोडिलाई परजित गदै फाइनल पुगेका हुन ।

यता निराकार बज्राचार्य र रुद्रमणि श्रेष्ठ त्यस्तै छत्रमणि कटुवाल र प्रनिश श्रेष्टको जोडि तृतिय भएको छ । प्रतियोगितामा जिल्लाका २६ ओटा टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघ संखुवासभाले जानकारी दिएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्