कोरोना मुक्त भएपनि भारतका गृहमन्त्री फेरि अस्पताल भर्ना


 



एजेन्सी/कोरोना संक्रमण मुक्त भएपनि भारतका गृहमन्त्री अमित शाह फेरी अस्पताल भर्ना भएका छन् ।

कोभिड १९ संक्रमणमुक्त भएका शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

चिकित्सकहरुले गृहमन्त्री शाहलाई केही समय अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन्। चिकित्सकहरुको निगरानीमै उनको उपचार चल्नेछ।

शाह अगस्ट महिनामा कोरोना संक्रमित भएका थिए। मेदान्ता अस्पतालमा उपचारपछि दुई सातामा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

केही दिनपछि शाहको स्वास्थ्यमा पुनस् समस्या देखिएपछि एम्समा भर्ना भएका उनलाई १२ दिन पछि डिस्चार्ज गरियो ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्