यिनीहरुले गर्न सक्छन् भारतीय सेनामाथि आक्रमण
एजेन्सी, असोज १८
भारतीय गुप्तचर शुत्रले अव कश्मिरमा लुकेर बसेका आतंकबादीहरुले भारतीय सैनिक निशानामा आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ । ककश्मिरमा सक्रिय लश्कर, जैश र हिजबुलका आकंतकाबादीहरुले त्यहाँ रहेका भारतीय सेनाका निशानामा क्षति पुर्याउने तयारी गरिरहेको गुप्तचर सूचनाको आधारमा भारतीय सेना सतर्क बनेको छ ।
अव भारतीय सेनाका अखडामा उरी वा पठानकोट जस्तै आक्रमण हुन सक्ने सूचना आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सेनाले क्याम्पको सुरक्षा बढाउन निर्देशन दिएको छ । उरी आक्रमणपछि भने भारतमा घुसपैठ हुन नसकेको दावी भारतीय सेनाले गरेको छ ।
भारतले पाकिस्तानको सीमा क्षेत्रमा प्रवेश गरेर सर्जिक स्ट्राइक गरेपछि भारत छिरेर गायव भएका पाकिस्तानी नागरिकका कारण भारतलाई तनाव छ । भारतले यसरी प्रवेश गरेका पाकिस्तानी नागरिकलाई तत्काल खोज्न जासुसी संस्थाहरुलाई हाइ अलर्टमा राखेको छ । कश्मिर क्षेत्रमा मात्र घुसपैठबाट भारत छिरेका कम्तिमा १०० जना आतंकबादी बसिरहेको समाचारमा जनाइएको छ ।
उनीहरुले भारतीय सेनाको निशानामा आक्रमण गर्ने तयारी गरिरहेको समेत गुप्तचर संस्थाको दावी छ । भारतले कश्मिर क्षेत्रमा सर्जिकल स्ट्राइक गरेपछि कम्तिमा ३५० पाकिस्तानी नागरिक भारत छिरेर वेपत्ता भएको बताइएको छ ।
उनीहरु के उद्देश्यले भारत छिरेर हराए भन्ने प्रष्ट छैन । उनीहरुले भारतभित्र आतंक मच्चाउन सक्ने भन्दै भारतीय अधिकारीहरुको टाउको खाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारत छिरेर हराएका पाकिस्तानीहरुको खोजी गर्न सरकारले उच्च शतर्क गराएको छ ।
प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार