चट्याङले बालकको मृत्यु
पाँचथर, असोज १८
चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् । उनलाई घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको थियो । चट्याङ लागेसँगै उनको घटनास्थलमै मृत्यु भएको थियो ।
शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।
प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार