कोरोना महामारी नक्कली ! इटालीका जनता उत्रिए सडकमा


 


इटलीमा कोरोना महामारी नक्कली भन्दै त्यहाँका जनाता प्रदर्शनमा उत्रेका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको आदेशविरुद्ध जनाता सडकमा उत्रेका हुन् ।

राजधानी रोममा आइतबार हजारौं संख्यामा मानिसहरु एकजुट भएर प्रदर्शन गरे । मानिसहरुले कोरोना महामारीलाई नक्कली भएकोसमेत बताए ।

उनीहरूले फेस मास्क र सामाजिक दुरी अनिवार्य गर्ने सरकारको आदेशको विरोध गरे । यसले पहिले नै बिरामी भएका मानिसहरुलाई असर गर्ने बताउँदै सरकारले सामाजिक दुरी र फेस मास्कलाई अनिवार्य गर्ने आफ्नो निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग थियो । एजेन्सी

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्