भारतीय फाइटर विमान पाकिस्तानी सीमामा दुर्घटनामा
काठमाडौं, असोज १७
भारतीय वायु सेनाको लडाकु विमान परीक्षणका क्रममा दुर्घटना भएको छ ।
राजस्थानको पोखरानमा भएको दुर्घटनामा दुबै चालक सकुशल छन् ।
विमान नियमित परीक्षणको क्रममा पाकिस्तानको सीमा नजिकै दुर्घटनाग्रस्त भएको लेफ्टिनेन्ट कर्नल मनिस ओझाले जानकारी दिएको प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआई)ले जनाएको छ ।
प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार