‘ट्रम्प हिंसा भड्काउने विषालु नेता’


 



अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वारले ट्रम्पमाथि गम्भीर आरोप लगाएक छन् ।

ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा भड्काउने ‘कमजोर’ र ‘विषालु’ नेता भएको आरोप लगाएका हुन् ।

पेन्सिलवेनियामा बोल्दै बाइडनले डोनल्ड ट्रम्पमा राजमा अमेरिकाले थुप्रै समस्याको सामना गरिरहेको र यो समस्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।

अमेरिकाका केही शहरमा जारी अशान्तिको विषयमा ट्रम्प र बाइडनबीच तनावको स्थिती पैदा भएको छ, यी दुईले एक–अर्कामाथि निशाना साँध्ने गरेका छन् ।

ट्रम्पले कानून तथा व्यवस्थालाई आफ्नो चुनावको प्रचार अभियानको मुख्य मुद्दा बनाएका छन् र बाइडन यसै मुद्दामा उनलाई घेर्ने कोसिस गरिरहेका छन् ।

यस्तै डोनल्ड ट्रम्पले बाइडनले दंगा गर्नेहरुको साटो प्रहरीलाई दोष दिइरहेको बताएका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्