लद्दाखमा फेरि भारत-चीनबीच तनाव


 


काठमाडौं, भदाैँ १५
लद्दाखमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । भारतीय सेनाका अनुसार सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको छ । तर, चीनले भने उक्त कुरा गलत रहेको दाबी गरेको छ। ।

पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रोकेको भन्दै भारतीय सेनाले वक्तव्य जारी गर्दै सञ्चार माध्यमलाइ जानकारी दिएका छन्। त्यस्तै भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध रहेकाे उनीहरूकाे भनाइ छ।

उसका अनुसार यो झडप २९ अगष्टमा भएको थियो । यस विषयमा थप जानकारी भने आउन बाँकी छ । त्यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सीमा रेखामा तनाव १९६२ पछि सबैभन्दा गम्भीर स्थितिमा रहेको बताएका थिए ।

प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्