भारतमा हालसम्म कै सर्वाधिक संक्रमित


 


काठमाडौं, भदाैँ १४
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै अत्यधिक संक्रमित भएको राष्ट्रको सुचिमा भारत दोस्रो बन्ने संकेत देखिएको छ।

भारतीय संचारमाध्यममा उल्लेख भए अनुसार भारतमा शनिबार एकै दिन ७८ हजार ४७९ जना संक्रमित थपिएका हुन् । त्यहाँ अघिल्लो दिन अर्थात् शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । हाल ७ लाख ६२ हजार ९४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।अहिलेसम्म ज्यान जानेको संखया ६३ हजार ६५७ पुगेको छ ।

अहिले विश्वमा सबैभन्दा बढी अमेरिका, दोस्रोमा ब्राजिल र भारत तेस्रोमा रहेका छन्।

प्रकाशित मिति: १४ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्