विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारभन्दा बढीको मृत्यु


 


काठमाडौं, भदौ १० एजेन्सी

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

हालसम्म १ करोड ६६ लाख व्यक्तिहरु भने उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन्।

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्