एउटै व्यक्ति दोस्रोपटक कोरोनाबाट संक्रमित


 


काठमाडौं, भदाैँ ९
हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । बैज्ञानिकहरुले यसलाई संसारकै पहिलो घटना भनेका छन् ।

हङकङ्ग विश्वविद्यालयको रिपोर्टअनुसार ती व्यक्ति कोरोना संक्रमण ठीक हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमै थिए । संक्रमण निको भएपछि उनी घर फर्किए । तर एयरपोर्टमा स्वास्थ्य जाँच गर्दा उनमा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भयो । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण थिएन ।

वैज्ञानिकहरुका अनुसार जुन व्यक्ति कोरोना संक्रमणबाट निको हुन्छ, उसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकसित हुन्छ र भाइरसलाई फेरि फर्किनबाट रोक्छ । यद्यपि रोग प्रतिरोधात्मक क्षमता कति लामो समयसम्म रहन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

३० वर्षभन्दा बढीका ती व्यक्ति पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका थिए । विशेषज्ञका अनुसारका एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित हुने घटना दुर्लभ हुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्