टेलिभिजन पत्रकारको गोली हानी हत्या


 


एजेन्सी
भारतमा एक टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशस्थित बलिया जिल्लाको फेफना थाना क्षेत्रमा सोमबार राति पत्रकार रतन सिंहको गोली हानी हत्या भएको हो । 

यो घटनामा तीन जनालाई गिरफ्तार गरिएको छ । कार्यालयबाट घर जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । 

अरविन्द सिंह, दिनेश सिंह र सुनीलकुमार सिंहलाई गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार पत्रकार सिंहको आफ्ना छिमेकीसंग जमीनको विषयमा विवाद चलिरहेको थियो । 

सोमबार समेत पनि दुवै पक्षबीच झगडा भएको थियो । छिमेकीले नै गोली हानी मारेको आरोप लागेको छ । पक्राउ परेका दिनेश पत्रकार रतन सिंहका टाढाका नातेदार हुन् । घटनाको छानबिन जारी रहेको प्रहरीले जनाएको छ । 

रतनको हत्यापछि बलिया श्रमजीवी पत्रकार युनियनले बिरोध जनाउँदै दोषीलाई कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्