नेकपाका द्वय अध्यक्ष ओली र प्रचण्डले बुझे कार्यदलको प्रतिवेदन
काठमाडौं, भदाैँ ६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले नवौं दिनमा सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको बताए ।
शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो । गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो । प्रतिवेदनमा गरिएको कार्यविभाजन अनुसार केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ ।
प्रकाशित मिति: ६ भाद्र २०७७, शनिबार