सशस्त्रका ३६ खेलाडीमा कोरोना पुष्टि
काठमाडौं, भदौ ५
सशस्त्र प्रहरी बल एपिएफका ३६ खेलाडीलाई कारोना संक्रमण देखिएको छ । सिमा क्षेत्रबाट फर्केका एपिएफका खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।
विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुर र काठमाडौंमा राखिएको थियो । जसमध्ये भक्तपुरमा २० र काठमाडौंमा १६ जनालाई संक्रमण देखिएको एक खेलाडीले बताएका छन् । एपिएफले भक्तपुरको दुवाकोस्थित गुहेश्वरी गण र कीर्तिपुरको निलबाराही गणमा राखिएको थियो ।
जेठ १९ गते भारतसँगको सिमा नाकामा एपिएफले ८६ खेलाडीलाई खटाएको थियो । ती मध्ये ८२ खेलाडी शुक्रबार काठमाडौं फर्केका थिए । एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना खेलाडीलाई सिमा नाका पठाएको थियो ।
तर, साढें दुई महिनापछि मात्र उनीहरुलाई फर्काइएको थियो । एएिफका खेलाडीले सर्लाही, सिराहा, पर्सा र बाराको सिमामा खटिएका थिए ।
प्रकाशित मिति: ५ भाद्र २०७७, शुक्रबार