यी सुन्दर महिला जसलाई नरेन्द्र मोदीले अमेरिकाबाट भारत बोलाए, आखिर किन बोलाए अमेरिकाबाट
काठमाडौं, असोज १६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिलालाई अमेरिकाबाट भारत बोलाएका छन् ।
१४ वर्षमै कार्डियाक एरेष्ट भएपछि मृत घोषित गरिएपनि बाचेकी करुणा गोपाल प्रधानमन्त्री मोदीले बोलाएपछि अमेरिकाबाट भारत फर्केकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको सपना पूरा गर्न उनी विदेश छाडेर भारत आएकी हुन् । करुणा अहिले भारतमा १०० स्मार्ट सिटी बनाउने मोदीको योजनाकी प्रमुख सल्लाहकार हुन् ।
अमेरिकामा बस्ने करुणालाई मोदीले आफ्नो स्मार्ट सिटी परियोजना सफल पार्न बोलाएका हुन् । पढाउँदा पढाउँदै सप्टवयेर इन्जिनियरको काम गर्ने करुणाले घरबाट नै काम गरेर भर्चुअल टिम खडा गरेकी थिइन् ।
अमेरिकामा फेलोसिप पाएर त्यहाँ पुगेकी उनलाई अमेरिका, सिंगापुर र भियनतानजस्ता देशमा समेत स्मार्ट सिटीको परियोजना डिजाइनका लागि प्रस्ताव नआएका होइनन् ।
अहिले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष अनुरोधमा उनी भारत आएकी छीन् । उनले अव मोदीको योजना अनुसार भारतका प्रस्तावित १०० स्मार्ट सिटीको डिजाइन गर्नेछिन् ।
करुणा मसूरीमा आइएएस एकेडेमीमा पढाउने काम पनि गर्छिन् ।
प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार