बहुराष्ट्रिय कम्पनी धमाधम भारत आउँदै, चीनलाई लाग्याे ठुलाे झट्का!


 


एजेन्सी, भदाैँ २
भारत र चीनबीचको व्यापार युद्धमा चीनलाई घाटा भइरहेको देखिएको छ । अब चीनबाट आफ्नो व्यवसाय विस्तार गर्न चाहने २४ मो बाइल कम्पनीहरूले भारतमा आफ्नो उत्पादन कारखाना स्थापना गर्न तयारी गरिरहेका छन् ।

अमेरिका र चीन र कोरोना भाइरस तनावका बीच बढ्दो व्यापार घाटा कम गर्न व्यापारमा श्रृंखला विविधीकरण गर्न चाहिरहेका छन । यो कारण हो कि यी कम्पनीहरूले चीनभन्दा बाहिर आपूर्तिको सञ्जालको विकल्प खोजिरहेका छन् ।

ब्लूमबर्गका अनुसार सामसुंग र एप्पल जस्ता ठूला कम्पनीका धेरै भारत आउन चाहन्छन् । यी कम्पनीहरूले भारतमा मोबाइल फोन कारखाना स्थापना गर्न १.५ अर्ब डलर लगानी गर्ने भारतलाई आवश्वासन दिएका छन् ।

यसभन्दा पहिले चीनबाट आफ्नो व्यवसाय विस्तार गर्न लागेका कम्पनीहरूले भियतनाम, कम्बोडिया, म्यानमार, बंगलादेश र थाइल्याण्ड जाने सोचमा थिए । तर भारतले अब ती कम्पनीहरूलाई भारत आउन प्रोत्साहित गरेको छ ।

भारत सरकारले प्रडक्ट इन्सेन्टिभ स्किम (पीएलआई) ले देशमा १५३ अर्ब डलरको इलेक्ट्रोनिक सामान उत्पादन गर्न सक्छ र १० लाख मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउन सक्छन्। यसैबीचमा अमेरिकी आटी कम्पनी एप्पलले भारतमा आफ्नो उत्पादन युनिट विस्तार गर्दै छ । एप्पलको सप्लायर्स फक्सकँनले पनि भारतमा १ अर्ब डलरको लगानी गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्